Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एसिया बैंक र इ–स्टप नेपालबीच ग्राहकलाई छुट दिने सम्झौता

२०८२ असार ३० गते

बैंकिङ खबर/ एनआईसी एसिया बैंक र ई.स्टप नेपाल प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई रेस्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

योसँगै बैंकका ग्राहकहरुले ई.स्टप नेपालले उपलब्ध गराएको रेस्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ई.स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सकिनेछ।

ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सकिनेछ।

दी गो ग्रुप अफ कम्पनीअन्तर्गत रहेको ई.स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।