Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

admin २०८२ असार ३० गते
सेयर:
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दामा फरार रहेका निजगढ नगरपालिका–१ सिंगौल निवासी ४३ वर्षीय भरत चौलागाईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंले २०८२ साल असार १८ गते पक्राउ पुर्जी जारी गरेको थियो।

पुर्जी जारी भएयता फरार रहेका चौलागाईलाई आइतबार इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजकै घर सिंगौलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रहरी स्रोतले चौलागाईमाथि बैंकिङ कसुर सम्बन्धी कानुनअनुसार मुद्दा दर्ता भईसकेको र उनी लामो समयदेखि पक्राउबाट जोगिँदै आएका कारण विशेष निगरानीपछि पक्राउ गरिएको जानकारी दिएको छ।

प्रहरीले बैंकिङ क्षेत्रको विश्वासनीयता कायम राख्न यस्ता आर्थिक अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।