Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकका स्वतन्त्र सञ्चालक ठाकुरद्वारा पद बहाली

admin २०८२ असार २९ गते
सेयर:

बैंकिङ खबर/महालक्ष्मी विकास बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार अश्वीनी कुमार ठाकुर स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४(३) बमोजिम ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो । आज असार २९ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले औपचारिक रूपमा पद बहाली गरेका छन् ।

कार्यक्रममा सञ्चालक समितिका सदस्यहरूले संयुक्त रूपमा ठाकुरलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । बैंकले उनको विगतको अनुभवले संस्थागत सुशासन अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास लिएको छ ।

ठाकुरसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) का प्रमुख कार्यकारी अधिकृत, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड तथा नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड लगायतका संस्थाहरुमा बोर्ड सदस्यको जिम्मेवारी सम्हालिएको लामो अनुभव छ ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित सेवा प्रवाह गरिरहेको महालक्ष्मी विकास बैंकले देशभर १०३ शाखामार्फत ८ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।