Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्राहकको केवाइसी विवरण राष्ट्रिय परिचय पत्रबाट लिन सकिने

२०८२ असार २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचान –केवाईसी) विवरण राष्ट्रिय परिचय पत्र मार्फत उपलब्ध गराउन सहजीकरण गर्ने भएको छ ।

केन्द्रिय बैंकले आज ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त व्यवस्था मिलाएको हो । केवाइसी विवरण कुनै बैंक तथा वित्तीय संस्थालाई आवश्यक परेको खण्डमा राष्ट्रिय परिचय पत्रबाट सहजै वित्तीय संस्थाले प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।