Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्ने

admin २०८२ असार २५ गते
सेयर:

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्न आज बुधबार ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत खिच्ने भएको छ।

राष्ट्र बैंकले ६३ दिन अवधिको लागि बोलकबोलमार्फत उक्त रकम संकलन गर्न लागेको हो। निक्षेप संकलनको लागि आज दिउँसो ३ बजे बोलकबोलको समय निर्धारण गरिएको छ।

न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोडको गुणनफलमा हुनेगरी बैंक तथा वित्तीय संस्थाहरूले बोलकबोल गर्न पाउनेछन्। संकलित निक्षेपको सावाँ तथा ब्याज आगामी भदौ २५ गते भुक्तानी हुनेछ। ब्याजदर समेत बोलकबोलबाटै निर्धारण गरिनेछ।

राष्ट्र बैंकका अनुसार बोलकबोलको प्रक्रिया बहुब्याजदरमा पनि गर्न सकिनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

बोलकबोल गर्दा प्रस्तावित ब्याजदर दशमलव पछिका चार अंकसम्म उल्लेख गर्नुपर्नेछ। बोलपत्र मूल्याङ्कन गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइनेछ र त्यसअनुसार क्रमशः मागअनुसार रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जानकारी दिएको छ।

89.-DC_Notice-2082.03.25

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।