Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नागरिक लगानी कोषमा सहभागी कर्मचारीलाई Biometric KYC अद्यावधिक गर्न अनुरोध

admin २०८२ असार १२ गते
सेयर:


बैंकिङ खबर/नागरिक लगानी कोषले आफ्ना सहभागीहरूलाई Biometric KYC (ग्राहक पहिचान विवरण) अद्यावधिक गर्न अनुरोध गरेको छ। कोषद्वारा सञ्चालित कर्मचारी बचत वृद्धिअवकाश कोष, उपदान कोष योजना, राष्ट्रसेवक बीमा कोष लगायत विभिन्न योजनामा संलग्न कर्मचारीहरूलाई कोषको अनलाइन सेवामार्फत अनिवार्य रूपमा Biometric KYC अद्यावधिक गर्न सूचित गरिएको हो।

कोषका अनुसार सहभागीहरूले कोषको ई-सेवा पोर्टल https://eservice.nlk.org.np/ मा गई Username र Password प्रयोग गरी लगइन गर्न सक्नेछन्। Username नभएका सहभागिहरूले https://eservice.nlk.org.np/ मा ‘Register For E-Service > Personal Login’ मा गई आवश्यक विवरण भरी अनुरोध पठाउन सक्नेछन्। त्यसपछि कोषले प्रयोगकर्ताको मोबाइल वा इमेलमा आवश्यक लगइन विवरण (Username/Password) प्रदान गर्नेछ।

KYC अद्यावधिक गर्नुपर्ने प्रक्रिया यस प्रकार छ:

Login गरी KYC Update मेनुमा जानुहोस्।

Family, Address, Nominee Information, Document, Bank जस्ता आवश्यक विवरण भरी Save गर्नुहोस्।

Save गरेपछि KYC Confirmation Form डाउनलोड हुनेछ।

सो फारमसँगै सक्कल नागरिकता प्रमाणपत्र र CIT कार्ड लिएर नजिकको कोष कार्यालयमा सम्पर्क गरी Biometric KYC प्रक्रिया पूरा गर्नुहोस्।

नागरिक लगानी कोषले यो प्रक्रिया सहभागीहरूको सेवा अभिलेख तथा वित्तीय सुरक्षाको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण रहेको बताएको छ। समयमा KYC अद्यावधिक नगरेमा कोषबाट प्राप्त हुने सेवा प्रभावित हुन सक्ने भएकाले समयमै प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।