
बैंकिङ खबर/ अब विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरुले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरु मुक्तिनाथ विकास बैंकबाट गर्न सक्ने भएका छन् ।
एक्सपर्ट एजुकेसन तथा भिसा सर्झिस प्रा.लि. महाराजगंज र मुक्तिनाथ विकास बैंक लि. बीच एक सम्झौता गरी शैक्षिक शूल्क भुक्तानी सम्बन्धी कार्यको सुरुवात गरेको हो ।
यस सेवा अन्तर्गत उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहाने नेपाली बिद्यार्थीहरुले Visa Fees, SAT, SEVIS Fees , PTE Exam Fees, Application fees, GMAT लगायतको शैक्षिक शूल्कहरु मुक्तिनाथ विकास बैंकबाट भुक्तानी गर्न सक्ने छन् । यो सेवा हालको लागि बैंकको महाराजगंज शाखा र कमलादी शाखा कार्यालयबाट सुरुवात गरिएको छ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोबाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि संचालनमा ल्याएको छ ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगाएतका अन्य कार्यहरु बैंकको शाखामा उपस्थित नभइ घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।




