Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

१२ वर्षअघि बैंकबाट लुटिएको रकमबारे पुनः अनुसन्धान सुरु

२०८२ असार ९ गते

बैंकिङ खबर/ कैलालीको मालाखेतीमा १२ वर्षअघि भएको नबिल बैंक शाखा कार्यालयबाट लुटिएको २ करोड ३० लाख रुपैयाँ बारे प्रहरीले पुनः अनुसन्धान सुरु गरेको छ। २०७० मंसिर २५ गते महेन्द्रनगरबाट धनगढी लैजाँदै गरिएको रकमलाई मालाखेतीस्थित चौकीडाँडामा ट्राफिक प्रहरीको भेषमा आएका पाँचजनाको समूहले लुटेर फरार भएका थिए।

उक्त घटना सम्बन्धमा प्रारम्भमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितका विभिन्न टोली परिचालन भए पनि दोषीको पहिचान हुन सकेको थिएन। प्रदेश प्रहरी कार्यालय कैलालीका अनुसार, हाल घटनाबारे पुनः अनुसन्धान थालिएको छ। पुराना अनुसन्धान फाइलको आधारमा शंकास्पद व्यक्तिहरूलाई पुनः सोधपुछ गरिने र टोलीले केही प्रगति हुने अपेक्षा गरिएको जनाएको छ।