
बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २१ लाख बिगो रकम कायम भएका ५२ वर्षीय फरार प्रतिवादी प्रणवलाल सिंह पक्राउ परेका हुन् ।
काठमाडौं महानगरपालिका– २२ घर भई हाल छाउनीमा बस्दै आएका उनलाई जिल्ला अदालत काठमाडौंले २१ लाख बराबरको बिगोसहित २ वर्ष कैद सजाय तोकेको थियो ।


