Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुरमा फरार प्रतिवादीहरू पक्राउ

admin २०८२ जेष्ठ २६ गते
सेयर:
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दाका फरार २ जना प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने तनहुँ व्यास नगरपालिका–३ दमौली घर भएका ५१ वर्षीय सुर्य नारायण श्रेष्ठ र काठमाडौं तारकेश्‍वर नगरपालिका–२ वसन्त कोलोनी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएकी ४० वर्षीया सानुमाया लामा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त मुद्दामा फरार रहेका सुर्य नारायणलाई ललितपुर महानगरपालिका–२७ सुनाकोठी र सानुमायालाई काठमाडौं तारकेश्‍वर नगरपालिका–२ वसन्त कोलोनीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ मध्ये सुर्य नारायणलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके नेपालगंज र सानुमायालाई प्रहरी वृत्त गौशला पठाइएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।