Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट

admin २०८२ जेष्ठ २३ गते
सेयर:

बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई सुजुकी गाडीको अधिकृत विक्रेता Nancy Automobiles Pvt. Ltd. बाट गाडि खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले Nancy Automobiles Pvt. Ltd. बाट Suzuki brand का विभिन्न मोडलका गाडि खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडिको खरिद रकममा थप रु. तीस हजार देखि एक लाख पचहत्तर हजार सम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र Nancy Automobiles Pvt. Ltd. को तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाहले हस्ताक्षर गरेका हुन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।