Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

२०८२ जेष्ठ २३ गते

बैंकिङ खबर/बैंकिङ कसुर मुद्दाका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जसमा झापा घर भई काठमाडौं बस्दै आएका ५६ वर्षीय ध्रुव प्रसाद भेटवाल रहेका छन्।

उनलाई शुक्रबार मध्य बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको प्रहरीले जनाएको छ।