Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कर्णाली बैंकका तत्कालीन अध्यक्ष रायलाई ७ दिन हिरासतमा राख्न अनुमति

२०८२ जेष्ठ १९ गते


बैंकिङ खबर/ कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र वीर रायलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बाँके जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सीआईबीको टोलीले जेठ १७ मा उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । बैंकको करिब २६० करोड रकम हिनामिनामा राय संलग्न देखिएका छन् ।

त्यसबारे अनुसन्धान गर्न सीआईबीका डीएसपी दानबहादुर थापा सहितको टिमलाई बाँके पठाइएको छ ।