Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकको कार्यालय अगाडि भेटियो बम

२०८२ जेष्ठ १७ गते

बैंकिङ खबर/ कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीस्थित कृषि विकास बैंक अगाडि प्रेसर कुकर बम फेला परेको छ । शनिबार बिहान ६ बजेतिर तारले बेरिएको अवस्थामा फेला परेको उक्त बस्तु शंकास्पद देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

शंकास्पद कुकरमा ‘दलालहरू, जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ’ भन्ने चेतावनीसहितको पर्चा टाँसिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले वन डिस्पोज गरेको छ ।