Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२ जेष्ठ १३ गते

बैंकिङ खबर/ बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने ४४ वर्षीय महेश्वर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरको २०८१ मंसिर २६ गतेको फैसलाले ५ दिन कैद, ६ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा क्षतिपूर्ति बापत २४ हजार रूपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-३ भेलुखेलबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।