Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंक तथा इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट सम्झौता

admin २०८२ जेष्ठ ११ गते
सेयर:

बैंकिङ खबर/प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.२ आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमकाबीच आफ्ना कर्मचारी तथा ग्राहकहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बीच इला कम्फर्ट होटल एण्ड रिसोर्टका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंकका तर्फबाट, बैंकका प्रमुख क्षेत्रिय व्यापार अधिकृत (एनबिसिओ.)– राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा इलाकम्र्फट होटल एण्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

प्रभु बैंक लिमिटेड तथा इलाकम्र्फट होटल एण्ड रिसोटबीच भएको योे साझेदारीले बाग्लुङ पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।