बैंकिङ खबर/एभरेष्ट बैंकले सोमबार सिन्धुलीको कमलामाई नगरपालिका ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ। यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको बैंकले जनाएको छ। यस शाखा विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने बैंकको विश्वास छ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रुपमा सो शाखा उद्घाटन गरिएको थियो। सो समारोहमा कमलामाई नगरपालिका ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारी र स्थानीयवासीको उपस्थिति थियो।




