
बैंकिङ खबर/ सर्वोच्च अदालतले सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले उनलाई थुनामा पठाउने आदेश सदर गरेको हो ।
आफूलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै तामाङले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । पूर्वसांसदसमेत रहेका तामाङमाथि सिभिल सहकारीको हजारौँ बचतकर्ताको रकम हिनामिना गरेको अभियोग छ । यी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छन् । मुद्दा फैसलामा ढिलाइ हुँदा सहकारीका पीडितले बचत फिर्ता पाउन सकेका छैनन्।