Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

admin २०८२ बैशाख ३० गते
सेयर:


बैंकिङ खबर/ नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ । नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट पाँच सय रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट पाँच सय रुपैयाँ थप गरी मासिक एक हजार रुपैयाँ नागरिक पेन्सन योजनामा जम्मा गर्ने विषयमा कोष र नगरपालिकाबीच सम्झौता भएको हो ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख बिरेन्द्र भट्ट र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरेका छन् । यस योजनामा सहभागी शिक्षक, कर्मचारी र पालिकाको तर्फबाट जम्मा भएको रकमको आधारमा एकमुष्ठ वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।