Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गभर्नर नियुक्ति हुन नपाएपछि देश छोडेर अमेरिका पुगे गुणाकर भट्ट

२०८२ बैशाख ३० गते

बैंकिङ खबर/ गभर्नर बन्ने पक्का जस्तै मानिएका राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट राजीनामा स्वीकृत नभएपछि अमेरिका पुगेका छन् ।

गभर्नर नियुक्ति प्रक्रियामा देखिएको विवाद र राजनीतिक चलखेलपछि उनी अमेरिका प्रस्थान गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरका लागि उनको नाम अगाडि बढाएका थिए । तर राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगानाले उनको राजीनामा स्वीकृत गरिनन् । उनकी छोरी लामो समयदेखि त्यहि बस्दै आएकी छन् ।