२०८२ बैशाख २९ गते

सांसद हरि ढकाल भन्छन् -नेता हैन योग्य र सक्षम व्यक्तिलाई गभर्नर बनाऊ

बैंकिङ खबर/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सक्षम व्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको लागि माग गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) अनुसार कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुने छैन भन्ने कानुनी प्रावधान रहेको छ। डा. बिश्वनाथ पौडेल चितवनबाट २०७९ को निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए । नेपाल सरकार र नेपाली कांग्रेसलाई विवादको संभावना रहेको र अदालतमा पुग्ने ब्यक्तीमा नअल्झिन मेरो सुझाव छ। साथै ग्रे लिस्टबाट गुज्रिरहेको हाम्रो देश नेपाललाई बाहिर निकाल्न र समग्र अर्थतन्त्रलाई लयमा ल्याउन पार्टीको सक्रिय कार्यकर्ता तथा नेता हैन कि योग्य र सक्षम ब्यक्तिलाई तत्काल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न समेत जोडदार माग गर्दछु।’