२०८२ बैशाख २२ गते

बैंकिङ कसुरका फरार दुई प्रतिवादी पक्राउ

प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१८ का ५३ वर्षीय वीरबहादुर देउवा र धनगढी उपमहानगर-३ का ३९ वर्षीय रामबहादुर साउद रहेका छन् ।

प्रहरीका अनुसार देउवालाई ८ लाख ९७ हजार रुपैयाँ जरिबाना र ३ महिना कैद सजाय तोकिएको थियो । उनी लामो समयदेखि फरार थिए । देउवालाई कैलालीका प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
यसैगरी अर्का फरार प्रतिवादी साउदलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले नियन्त्रणमा लिएको हो ।