बैंकिङ खबर/ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड महेन्द्रनगर शाखाले आफ्नो बैंकको १८ औं बार्षिकोत्सबको अवसरमा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल, महेन्द्रनगर आँखा अस्पतालको सहकार्यमा सुदुरपश्चिम प्रदेश कञ्चनपुर भिमदत्तनगरपालिका वडा नं.–१९ मा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
शिविरमा उक्त वडाका ३२८ आँखाका विरामीले निःशुल्क आँखा जाँच गराएका थिए । उक्त वडामा न्युन आय भएका परिवारको संख्या धेरै भएकोले आँखाका बिरामीहरुको निःशुल्क उपचार गराउने उद्देश्यले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले निःशुल्क आँखा शिविर सञ्चालन गरेको गरेको महेन्द्रनगर शाखाका शाखा प्रमुख शंकर प्रसाद जोशीले बताएका छन् ।
कार्यक्रममा निःशुल्क आँखा जाँच, निःशुल्क औषधी वितरण गरिनुका साथै २९ जना मोतिविन्दुका विरामीलाई महेन्द्रनगर आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको लागि छनोट गरिएको महेन्द्रनगर आँखा अस्पतालका प्रमुख बिरबहादुर धामीले बताए ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, ३ विस्तारित काउन्टर र ७५ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १८ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।