Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लेनदेन मुद्दामा एक वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ

admin २०८१ चैत्र २८ गते
सेयर:
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/लेनदेन बिगोसम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय तोकिएर फरार रहेका यक्षध्वज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनी काठमाडौंबाट पक्राउ परेका हुन् । कार्कीमाथि बिनोद कुमार महतोले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७९ साल असार २८ गते १६ लाख २८ हजार ५ सय बिगो वापत एक वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी त्यसपछि फरार थिए ।

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–८ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–३२ मा बसोबास गर्दै आएका ६९ वर्षीय कार्कीलाई बिहीबार दिउँसो २ बजे नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए । पक्राउ परेका कार्कीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पेस गरेकोमा अदालतको पत्र अनुसार कारागार चलान गरिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।