Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आईएमई बैंकका कार्ड होल्डरलाई सेल्सबेरीमा १० प्रतिशतसम्म ‘क्यासब्याक’

२०८१ चैत्र २१ गते

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन्। यससम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ विभागका सेल्स एन्ड बिजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्गले हस्ताक्षर गरेका छन्।

यस समझदारीअनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरुमा पोइन्ट अफ सेल (पस) मेसिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक पाउनेछन्।