Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

admin २०८१ चैत्र २१ गते
सेयर:

बैंकिङ खबर/महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन ‘बिजनेस कनेक्ट’ द्वारा ग्राहक केन्द्रीत बैंकको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

बैंकले निर्वाह गरेको भूमिकाको मुल्यांकन गर्दै उक्त म्यागजिनले बैंकलाई सम्मान गरेको हो । बिजनेस कनेक्ट म्यागजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचारहरू तथा प्रभावशाली व्यावसायिक व्यक्ति तथा संस्थाहरूको कभर स्टोरीहरूलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आइरहेको छ ।

यस सम्मानको प्राप्तीसँगै ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरूमा वित्तीय पहुँच बाट बाहिर रहेका आम नेपाली नागरिकहरूलाई समेत बैंकिङ्ग प्रणाली भित्र ल्याउन सकिने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।