Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकद्वारा कार्ड बिनै एटीएमबाट पैसा निकाल्न सकिने सेवा सुरु

admin २०८१ चैत्र २० गते
सेयर:

बैंकिङ खबर/एनआईसी एशिया बैंकले इसेवा वालेटमा रहेको रकम एटीएम कार्ड बिनै बैंकको एटीएम मेसिनहरूबाट निकाल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। बैंकले जनाएअनुसार अबदेखि एनआईसी एशिया बैंकको नेपालभर रहेका ६७० वटै एटीएम मेसिनहरूबाट इसेवामा रहेको रकम बिना झन्झट सामानय तरिकाले निकाल्न सकिनेछ।

यसका लागि इसेवाको फाइनान्सियल पेमेन्ट अन्तर्गत रहेको एटीएम विड्रवलमा एनआईसी एशिया बैंक छनौट गरी देखाएअनुसारको प्रक्रिया पूरा गर्नुपर्ने बैंकले जनाएको छ। हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० करोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने बैंकले जानकारी दिएको छ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।