Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नागरिक लगानी कोषद्वारा सानिगाड र कालंगा हाइड्रोसँग सम्झौता

admin २०८१ चैत्र १९ गते
सेयर:

बैंकिङ खबर/नागरिक लगानी कोषले सानिगाड हाइड्रो र कालंगा हाइड्रो लिमिटेडसँग सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। कोषले सानिगाड हाइड्रो लिमिटेडको ८५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर प्रत्याभूति गर्ने निर्णय गरेको हो, जसको १०० रुपैयाँ अंकित मूल्यका ८५ लाख ५० हजार कित्ताको सेयर हुनेछन्।

यस सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाड हाइड्रोका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

त्यसैगरी, कोषले कालंगा हाइड्रो लिमिटेडसँग पनि सेयर प्रत्याभूति सम्झौता गरेको छ। कालंगाको १०० रुपैयाँ अंकित मूल्यका ४९ लाख कित्ता सेयरको प्रत्याभूति सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र कालंगाका अध्यक्ष खगेश्वर बोहोराले हस्ताक्षर गरेका छन्। यस कदमले कोषको लगानी विस्तार गर्दै हाइड्रोपावर क्षेत्रको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।