Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

क्रिप्टोकरेन्सीमा कारोबारमा संलग्न ११ भारतीय काठमाडौंबाट पक्राउ

admin २०८१ चैत्र १३ गते
सेयर:

बैंकिङ खबर/ क्रिप्टोकरेन्सीमा कारोबारमा संलग्न ११ भारतीय काठमाडौंबाट पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका-३, देउला टोलमा घर भाडामा लिएर अनलाइन जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न ११ उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा २ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन सट्टाबाजी तथा ९६ लाख ३३ हजार रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।

उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।