Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एसिया बैंकको कमलादी शाखा आफ्नै भवनमा स्थानान्तरण

२०८१ चैत्र ११ गते

बैंकिङ खबर/काठमाडौं महानगरपालिका–२८, कमलादीमा सञ्चालनमा रहेको एनआईसी एसिया बैंक लिमिटेडको कमलादी शाखा आफ्नै भवनमा स्थानान्तरण भएको छ।

यही चैत १० देखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको बैंकले जनाएको छ। नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ्ग कारोबार आइतबारबाटै नयाँ ठाउँबाट सञ्चालन भएको छ।