Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोवल मनि वीकः गोरखा बैंकर्स क्लबद्वारा प्रभातफेरीका साथै वित्तीय सचेतना सम्पन्न

२०८१ चैत्र ९ गते

बैंकिङ खबर/ ग्लोवल मनि वीकको अवसरमा गोरखा बैंकर्स क्लबको आयोजनामा प्रभातफेरी कायक्रम सम्पन्न भएको छ । गोरखाको पेट्रोल पम्प चोकबाट सुरु भएको प्रभातफेरी ठूलो आँगनमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा विभिन्न वित्तीय सचेतनामुलक जानकारीका साथ सम्पन्न गरिएको छ ।

सो प्रभातफेरी कार्यक्रममा सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको उत्साहजनक सहभागिता रहेको थियो । ग्लोबल मनि विक २०२५ को नारा Think Before you Follow, Wish Money Tomorrow रहेको छ ।

प्रभातफेरीको समापन गर्दै बैंकर्स क्लव गोरखाका अध्यक्ष जीवन बानियाँले ग्लोबल मनि विकको महत्वको बारेमा प्रकाश पारेका थिए ।