बैंकिङ खबर/ कुमारी बैंक लि. चन्द्रौटा शाखाले Global Money weeks 2025 को अवसर पारेर कपिलवस्तु शिवराज – ५ मा रहेको लुम्बिनी आमा समूहका सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । समुहका ३५ जना सदस्यहरु र समूह बाहिरका ६ जना महिला तथा पुरुषहरु उपस्थित थिए ।
उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धक विकाश खनाल र सम्बन्ध प्रबन्धक कृष्ण बाबू घिमिरेले वित्तीय अनुशासन, वित्तीय आचरण, वित्तीय साक्षरताको महत्व, बचत, वित्तीय ठगीका साथै डिजिटल कारोबारका बारेमा जानकारी गराएका थिए ।
आजको बचतबाट नै आफ्नो सपना भोलिका दिनमा पूरा गर्न सकिने भन्दै आजैबाट बचत गर्न समेत प्रेरित गरिएको थियो । आफ्नो आम्दानीको ७०% दैनिक जीवनको खर्च गरेता पनि बाँकी ३०% मध्ये २०% अल्पकालीन बचत र १०% दीर्घकालीन बचत गर्नुपर्दछ र उक्त पैसा आफ्ना सन्ततिको लागि उपयोगी हुने भन्दै सम्पूर्णलाई बचत गर्ने बानी बसाल्न प्रेरित गरिएको थियो ।
त्यसैगरी, डिजिटल बैंकिङ र प्रयोगले मानिसको जीवनमा कसरी सहयोग पुर्याउँछ भन्नेबारे पनि प्रष्ट पारिएको थियो । आजको दिनमा महिला दिदिबहिनीहरुको अनिवार्य बैंक खाता हुनु पर्ने हो, आफ्नै खाता नभइ आफ्ना सन्ततिलाई बैंकिङको बारेमा बुजाउन नसकिने पनि बताइएको थियो ।
कार्यक्रममा सहभागीहरुले आजसम्म जानी नजानी अनावश्यक शिर्षकमा फजुल खर्च आफुहरुले गरेको र अब उप्रान्त खर्च गर्दा सोच विचार गरेर मात्र गर्ने भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए । त्यस्तैगरी आफुले यतिका वर्षसम्म पनि बचत गर्ने बानी नबुजेको तर आजको यस कार्यक्रमले आँखा खोली दिएको भन्दै सम्पूर्ण उपस्थित महिलाहरुले खुसी व्यक्त गरेका थिए ।
वित्तीय साक्षरताका कार्यक्रम नियमित रुपमा हुनुपर्छ तब मात्र वित्ती अनुसासनको विषयमा पूर्ण ज्ञान हुन्छ भन्दै सम्पूर्ण महिला दिदिबहिनीहरुले अझ यस्ता कार्यक्रमहरु गरिरहन सुझाव दिएका थिए । उक्त कार्यक्रमको संचालन शाखाका अपरेसन इन्चार्ज बाबुराम खनालले गरेका थिए ।