March 21st, 2025

सिन्धु विकास बैंकको साधारण सभामा हात हालाहाल

बैंकिङ खबर/ सिन्धु विकास बैंकको वार्षिक साधारण सभामै हात हालाहाल भएको छ । कम्पनीको चैत ८ गते बोलाएको १४औं र १५ औं वार्षिक साधारणसभामा हात हालाहाल भएको हो ।

विवाद एक जना शेयरधनीहरुलाई कुटपिट भएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । ३-४ ब्यक्ति लागेर एक जना शेयरधनीहरुलाई धकल्दै पिटेको छ । विवादपछि कम्पनीका सुरक्षाकर्मीहरु सो स्थानमा पुगेको हुन् । के कारण विवाद आएको हो त्यो भनेको खुलेको छैन ।

लगानीकर्ता दिपेन्द्र अग्रवालले भने स–साना विवाद मात्रै उत्पन्न भएको बताए । उनले भने, ‘राइट शेयर निष्कासनको विषय पारित हुँदैछ । झगडा केही भएको होइन । स–सानो विवाद मात्रै उत्पन्न भएको हो । तेति त साधारण सभामा भइहाल्छ ।’ यसअघि नै फागुन २८ गते बोलाएको थियो । तर गणपूरक संख्या नपुगेपछि स्थगित भएको जनाएको थियो ।