March 19th, 2025

सानिमा बैंक मान्म शाखाद्वारा ‘ग्लोवल मनि विक २०२५’ कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ सानिमा बैंक लिमिटेड मान्म शाखाले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ‘ग्लोवल मनि विक २०२५’ को अवसरमा सानिमा बैंक, मान्म शाखाले मंगलबार खाँडाचक्र नगरपालिका वडा नम्बर १ स्थित पञ्चदेव माध्यामिक विद्यालयमा, ‘डिप्लोमा इन सिभिल इन्जिनिरिङ’ संकायमा अध्ययनरत विद्यार्थीहरुमाझ वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको हो ।

सो कार्यक्रममा ‘अनुसरण गर्नुअघि सोचौँ, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौँ । अरुका कुरा सुनौँ तर आधिकारिक कुरा सुनि मात्र स्वविवेकले निर्णय लियौं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बोल्दै बैंकका शाखा प्रबन्धक मछिन्द्र कुमार भण्डारीले आजको युगमा डिजिटल बैंकिङ सेवा अपरिहार्यताको सन्दर्भमा विद्यार्थीलाई प्रकाश पार्दै बैंकिङ शिक्षाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद कोइरालाले सानिमा बैंकले जिल्लामा छिटो, छरितो तथा सरल र सुलभ तरिकाले दिएको सेवाप्रति प्रसंशा व्यक्त गर्दै अबको नयाँ प्रविधियुक्त युगमा विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान अपरिहार्य रहेको कुरा बताए । कालिकोटमा सान्नित्रिवेणी गाउँपालिका र सदरमुकाम मान्ममा गरी बैंकका दुईवटा शाखा रहेका छन् ।