बैंकिङ खबर/ प्रभु बैंक पालुङटार शाखाले “Think Before You Follow, Wise Money Tomorrow” भन्ने नाराका साथ ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरतासँगै सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम भवानी माध्यमिक विद्यालय, पलुङटार-५, गोरखामा आयोजना गरिएको थियो, जसअन्तर्गत विद्यार्थीहरूलाई वित्तीय साक्षरताबारे जानकारी प्रदान गरिनुका साथै ६२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो।
यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूमा वित्तीय ज्ञानको वृद्धि गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा टेवा पुर्याउने विश्वास पालुङटार शाखाले व्यक्त गरेको छ।




