March 19th, 2025

ग्लोबल मनी वीकः गोरखा पालुङटारका बैंक, वित्तीय संस्थाद्वारा प्रभातफेरी

बैंकिङ खबर/ ग्लोबल मनी वीक २०२५ को अवसरमा गोरखाको पालुङटारका बैंक तथा वित्तीय संस्थाहरूले प्रभातफेरी सम्पन्न गरेका छन् । पलुङटार, गोरखा–वित्तीय साक्षरताको प्रवर्द्धन गर्ने उद्देश्यसहित, पालुङटार नगरपालिकामा(ग्लोबल मनी वीक २०२५) को अवसरमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले संयुक्त र्‍याली गरेका हुन् ।

डिजिटल ठगी तथा यसको रोकथाम सम्बन्धी सचेतना फैलाउने उद्देश्यले गरिएको र्‍यालीमा ठाँटीपोखरी बजार क्षेत्रमा रहेका (प्रभु बैंक, एनआइसी एशिया बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कृषि विकास बैंक, युनाइटेड अजोड इन्स्योरेन्स र जन्मभूमि बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

¥यालीमा सहभागीहरूले डिजिटल ठगी तथा साइबर सुरक्षाका विषयमा जनचेतनामूलक सन्देशहरू सम्प्रेषण गर्दै पलुङटारका ठाँटी पोखरी बजार क्षेत्रमा परिक्रमा गरेका थिए ।

सहभागी संस्थाहरूका प्रतिनिधिहरूले डिजिटल ठगीको जोखिम, सुरक्षित डिजिटल कारोबार, बैंकिङ सुरक्षाका उपायहरू लगायतका विविध विषयमा आम नागरिकहरूलाई सचेतना अभिवृद्धि गर्ने, पम्पेलेट, व्यानरहरु प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा नेपाल फाइनान्सका शाखा प्रबन्धक उमेश रेग्मीले सहभागीहरुलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले आमजनताप्रति वित्तीय सचेतना बढ्ने विश्वास व्यक्त गरेका प्रभु बैंक पालुङटार शाखाका पब्लीक रिलेसनसिप म्यानेजर रविन अधिकारीले जानकारी दिए ।

ग्लोबल मनी वीक जस्ता वित्तीय सचेतनामूलक कार्यक्रमहरूले डिजिटल वित्तीय कारोबारप्रति आम सर्वसाधारणको विश्वास बढाउने तथा सुरक्षित बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।