Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

२५ करोडसहित काठमाडौंबाट दुई जना पक्राउ

२०८१ चैत्र ५ गते


बैंकिङ खबर/ करिब २५ करोड रुपैयाँसहित दुईजना पक्राउ गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको हो । नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौंको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको हो । ट्रक चालक सहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।