Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मिटर ब्याज : पीडितद्वारा सीडीओ कार्यालय अगाडि आत्मदाहको प्रयास

२०८१ फाल्गुन २६ गते

बैंकिङ खबर/ पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि सोमबार करिब साढे १२ बजेको समयमा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका हुन् ।

मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै बाराको पचरौता नगरपालिका–४ घर भई पर्साको वीरगञ्ज नगरपालिका–२४ बस्ने करिब ६० वर्षीय बृजकिशोरप्रसाद साहले आत्मदाहको प्रयास गरेका हुन् ।

साढे १२ बजे साहले हातमा मुसा मार्ने विषादी बोकेर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । साहले एक लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए ।

सो बापत उनले ६ लाख रुपैयाँ मूल्य पर्ने जमिन पास गरिदिएका थिए । अहिले उक्त ऋण चुक्ता गरेर जमिन फिर्ता लिन खोज्दा नमानेको बताइएको छ ।