March 9th, 2025

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं का.म. न.पा.वडा नं.१४ घर भएका ४३ वर्षीय सुनिल दवाडी रहेका छन् । प्रहरी टोलीले मिति २०८१।११।२३ गते ललितपुर, ललितपुर म.न.पा.वडा नं.०५ भनिमण्डलबाट उनलाई पक्राउ गरेको हो । दवाडीलाई अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत, कालिमाटी काठमाडौं पठाइएको छ ।