Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुरः फरार व्यक्ति पक्राउ

२०८१ फाल्गुन २३ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दामा फरार एकजनालाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टिकाथलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको भंगाहा नगरपालिका–३ घर भएर ललितपुर बस्ने रामनाथ सिंह छन् ।

५० वर्षीय सिंहविरुद्ध २०७७ माघमा उच्च अदालत पाटनबाट ११ लाख बिगो भराउने फैसला भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । सिंहलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ ।