March 7th, 2025

बैंकिङ कसुरः फरार व्यक्ति पक्राउ

प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दामा फरार एकजनालाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टिकाथलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको भंगाहा नगरपालिका–३ घर भएर ललितपुर बस्ने रामनाथ सिंह छन् ।

५० वर्षीय सिंहविरुद्ध २०७७ माघमा उच्च अदालत पाटनबाट ११ लाख बिगो भराउने फैसला भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । सिंहलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ ।