Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भीपीएन अन भए बैंकिङ एप नचल्ने

admin २०८१ फाल्गुन २३ गते
सेयर:

बैंकिङ खबर/ हालसम्म भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) अन भएका मोबाइलमा मोबाइल बैंकिङ चल्दै आएकोमा अब नचल्ने भएको छ । माछापुच्छ्रेलगायत केही बैंकले ग्राहकको सुरक्षालाई मध्यनजर गर्दै यो सेवालाई बन्द गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको नीतिअनुसार बैंकहरूले यो सेवा बन्द गरेका हुन् । राष्ट्र बैकले बुधबार एक निर्देशन जारी गर्दै ग्राहकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरे/नगरेको पहिचान गर्न बैंकहरूलाई निर्देशन जारी गरेको थियो ।

सोहीअनुसार माछापुच्छ्रे बैंकले एक सूचना जरी गरी अब यो सेवा बन्द भएको जानकारी दिएको छ । “माछापुच्छ्रे बैंकले पूर्वसावधानीका कदमहरू अवलम्बन गरेको छ र ग्राहकको हितलाई संरक्षण गर्न निःशुल्क भीपीएन प्रयोग भइरहेको बेला यस बैंकबाट सञ्चालित मोबाइल नचल्ने कुरा जानकारी गर्दछौँ,” बैंकबाट जारी सूचनामा उल्लेख छ ।

बैंकबाट उपलब्ध सेवाहरू प्रयोग गर्ने बखत भीपीएन अन भएको खण्डमा अब भीपीएन अफ गरेपश्चात् मात्र चल्ने बैंकले जानकारी दिएको छ ।

डिजिटल माध्यम उपयोगी र सहज हुदाँहुदै पनि डिजिटल कारोबारमा साइबर सुरक्षालाई ध्यान दिइएको बताइएको छ । चुनौतीपूर्ण तथ्यलाई महसुस गर्दै तपाईंहरूको डिजिटल कारोबारको गोपनीयता र सुरक्षा सदैव माछापुच्छ्रे बैंकको मुख्य प्राथमिकतामा रहँदै पनि सूचनामा उल्लेख छ । सुरक्षित डिजिटल बैंकिङ्ग अभ्यासहरू अपनाउन र डिजिटल कारोबार गर्दा सचेत रहन ग्राहकहरूलाई बैंकले आग्रह गरेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।