March 5th, 2025

स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा रविन कुमार नेपाल

बैंकिङ खबर/स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रविन कुमार नेपाललाई नियुक्त गरेको थियो।

नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसँग यही फागुन १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।