Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पृथ्वीबहादुर पाँडे बने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष

२०८१ फाल्गुन २० गते

बैंकिङ खबर/नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष पदमा पृथ्वीबहादुर पाँडे चयन भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।

फाल्गुन १५ गते सम्पन्न बैंकको ३८ औँ वार्षिक साधारण सभा पश्चात् भएको निर्वाचनमा संस्थापक समूह तर्फबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएको बैंकले जनाएको छ ।