March 3rd, 2025

कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट

बैंकिङ खबर/ कुमारी बैंकका ग्राहकले बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबाट विशेष छुट पाउने भएका छन्। बैंकले ग्राहकलाई सो क्लिनिकबाट विभिन्न सेवा दिने उद्येश्यका साथ आज सम्झौता गरेको छ।

बैंक र क्लनिकबीचको सम्झौताअनुसार प्यथोलोजी टेस्टमा १० प्रतिशत र एमआरआई, एक्स-रे लगायतका फार्मेसी सेवामा ५ प्रतिशत छुट दिइने छ। विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको बैंकले देशभर ३०२ शाखा कार्यालय सञ्चालन गरेको छ। जसमा ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ्ग इकाइहरु रहेका छन्।

उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको बैंकले बताएको छ। आगामी दिनमा अझै सरल, सुलभ र उत्कृष्ट सेवाका लागि सहकार्य गर्ने बैंकले प्रतिबद्धता जनाएको छ।