March 2nd, 2025

दार्चुलामा प्रभु बैंकको शाखा विस्तार 

 
बैंकिङ खबर/ प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि ३१२ औं शाखा कार्यालयको रुपमा सुदुर पश्चिम प्रदेशको दार्चुला महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको छ ।
 
बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ । प्रभु बैंकको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे छ ।  
 
बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैंकका सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
 
बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आए पश्चात् स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुहुनेछ र प्रभु बैंकको दार्चुला शाखा सञ्चालनमा आएबाट यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
 
साथै, दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंक लिमिटेडको सेवा अब देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ ।