Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

क्रिप्टोको कारोबार गरेको आरोपमा ७ जना पक्राउ

२०८१ माघ १८ गते

बैंकिङ खबर/ क्रिप्टो करेन्सीको संगठित कारोबार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले क्रिप्टो करेन्सीको संगठित कारोबार गरेको आरोपमा ७ जनालाई पक्राउ गरिएको सुधिरराज शाहीले जानकारी दिए।

उनका अनुसार कैलालीको बर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, बुढानिलकण्ठ–८ का पियुष श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ का १९ वर्षीय आश्विन चौलागाई, रौतहटको गौर नगरपालिका–९ का २२ वर्षीय सत्यमकुमार सहनी, भारतको बिहारका २७ वर्षीय रोशन कुमार र बिहारकै ३६ वर्षीय मुन्ना कुमार पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुको साथबाट कम्युटरको सीपीयु २ थान, विभिन्न ब्राण्डका मोबाइल १३ थान, विभिन्न व्यक्तिका नाममा जारी भएका बैंकका चेकहरु १९ थान र नगद ५ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ।

उनीहरुले बैंक तथा डिजिटल वालेट प्रयोगकर्ताहरूलाई झुक्याएर वालेटको आधिकारिक व्यक्ति भन्दै ओपीटी पिनहरू माग गरी अनधिकृत रुपमा बैंक तथा डिजिटल वालेटहरुमा पहुँच पुर्‍याई ठगी गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उनीहरुले ठगी गरिएको रकम क्रिप्टोमा लगानी गरेको तथा हुण्डी कारोबारमा समेत प्रयोग भएको पाइएको शाहीले जानकारी दिए। प्रहरीले हालसम्मको डिजिटल फरेन्सिक रिपोर्टबाट उक्त समूहले ३ अर्ब बढी ठगी गरेको जनाएको छ।