Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको अठारौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा खाँड चयन

२०८१ पुष २९ गते

बैंकिङ खबर/ गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सफलतापूर्वक सम्पन्न भएको हो । उक्त साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

विकास बैंकले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (कर सहित)को नगद लाभांस सर्वसम्मत पारित गरेको छ । त्यसैगरि उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतिबाट निर्वाचित गर्ने निर्णय गरेको छ । साधारणसभा पश्चात लगत्तै बसेको संचालकहरुको बैठकले दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारणसभाले पारित गरेको लाभांस २०८१ पुस १७ गते कायम रहेका विकास बैंकका शेयरधनीहरुले नगद लाभांश प्राप्त गर्नेछन् । विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।