Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकको साधारणसभा माघ २१ गते, यस्ता छन् प्रस्तावहरु

२०८१ पुष २८ गते

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडको चौबीसौं वार्षिक साधारणसभा माघ २१ गते गर्ने भएको छ । सभा काठमाडौंको टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि गर्ने जनाएको छ । बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्यूरिटिज लिमिटेडको गत आवको वित्तीय विवरण लगायतका प्रस्ताव पारित गर्नेछ। बैंकले साधारणसभा प्रयोजनका लागि माघ ११ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा माघ १० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।