Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकले शनिबार पनि सेवा दिने

२०८१ पुष २६ गते

बैंंकिङ खबर/ सानिमा बैंक लिमिटेडले शनिबार (पुष २७ गते) पनि सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै ग्राहकहरूको सेवालाई मध्यनजर गर्दै शनिबार बिहान १० बजेदेखि ३ः३० बजेसम्म सेवा दिने जनाएको हो ।

यस्तै, बैंकको नक्साल शाखा भने १० बजेदेखि २ बजेसम्म खुल्नेछ । बैंकले नगद तथा चेक कारोबार, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस), क्लियरिङ्ग, आईपीएस लगायतका सेवाहरु उपलब्ध हुने जनाएको छ ।

यसैगरी, बैंकको आरटीजीएस, क्लियरिङ्ग र आइपिएस सेवा भने नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको समयतालिका अनुसार उपलब्ध हुने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।