बैंकिङ खबर/ लक्ष्मी सनराइज बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुगेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्तिसमेत गरेको छ ।
आव २०८०/८१ मा ३३३ अर्ब निक्षेप र २५८ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार ३९५ अर्ब छ । सोही आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको साधारणसभामा जानकारी दिइयो ।